प्रोजेक्ट जागरण कुराकानी: धरानका एक विद्यार्थीले महसुस गरेको सामाजिक सञ्चारको चित्र

While walking down the streets of Bagarkot in Dharan, we came across Janam Rai. A young guy from the locality who studies in class 10 and is preparing for his SEE exams aspires to become an engineer. As we approached him to seek his contribution in our voxpop series, initially he didn’t open up. Suddenly, after one or two takes, he said ‘dai, la record grnu ta, ma bolchhu’. Here’s what he said then after:

हामीः समाचार सुन्छौं ?

जनमः अँ । सुन्छु ।

हामीः समाचार भन्नाले के बुझ्र्छौ ?

जनमः विभिन्न ठाउँमा भा’का घटनाहरु बारे आफूलाई थाहा हुनु नै समाचार हो ।

हामीः समाचार काँ हेर्छौ, काँ सुन्छौं ?

जनमः रेडिया, फोन, टिभी, फेसबुक । जताततै समाचार छ ।

हामीः गलत समाचार बारे थाहा छ ? पढ्दा हो झैँ लाग्ने तर, पछि त गलत रहेछ भन्ने थाहा हुने । कहिल्यै भा’छ यस्तो ?

जनमः हुन त, हुन्छ । तर, त्यती ख्याल गरेको छैन ।

हामीः गलत समाचार भनेको के हो?

जनमः गलत समाचार भनेको कसैको बारे गलत भनेर फैलादियो, हुँदै नभा’को कुरालाई पनि हो भनेर भन्दीयो, त्यही हो ।

हामीः गलत समाचार सबभन्दा बढी कहाँबाट फैलिन्छ?

जनमः सोसल मिडिया नि ।

हामीः अनि सोसल मिडियामा आएका समाचार बारे पत्ता लगाउने तरिका तिमीजस्तो विद्यार्थीहरुलाई पढाउनुपर्छ कि नाई ?

जनमः पढाउनु परिहाल्यो नि, दाई । यत्रो सोसल मिडिया चलाको छ । गलत समाचारको शिकार भयो भने त बर्बाद हुन्छ नि ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *