प्रोजेक्ट जागरण कुराकानी: सूचना प्रविधिको बिकाससंगै भ्रामक/मिथ्या सूचनामा पनि वृद्धि

२०८० मंसिर १२ गते
धरान, बगरकोट ।

हामीः बा, हामी, हाम्रो पढाईका लागि दुुई–तीन वटा प्रश्न सोध्दै हिडेका हौ । जम्मा दुई–तीन वटा प्रश्नहरु छन्, जबाफ दिएर सहयोग गर्दिनुस्, न ।

बाः हुन्छ ।

हामीः हामी भिडियो पनि खिच्छौ, नि ।

बाः ए…। मेरो भिडियो खिच्ने । ल, ल…। आऊ, तिमीहरु भित्रै आओ ।

हामीः बा, यता बस्नोस्, न । उज्यालो छ ।

बाः ए, ल… । राम्रो आए छ । ल, सोध ।

हामीः बा, समाचार भन्नाले के बुझ्नुहुन्छ?
बाः समाचार भन्या त्यै त हो नि । नेताहरुले के गरे, को प्रधानमन्त्री भयो, कहाँ दुर्घटना भयो, के कार्यक्रम काँ भयो, कसले के बोल्यो, कुन देशमा के हुँदैछ, भन्ने कुराहरु बुझ्ने ।

हामीः अनि समाचार कसरी थाहा पाउनुहुन्छ?
बाः समाचार हेर्छु, सुन्छु । मोबाईलमा सुन्छु, रेडियोमा सुन्छु ।

हामीः फेसबुकमा पनि हेर्नुहुन्छ?
बाः नाईं । फेसबुकमा त हेर्दिन । म ७० पुग्न अलिकति मात्र बाँकी छ, कि । हामी पहिला देखि नै रेडियो नै हो सुन्ने ।

हामीः बा, अचेल नी, गलत÷मिथ्या सूचना पनि कसैकसैले फैलाइदिने रहेछन् के । तपाईले त्यस्तो गलत सूचना बारे कहिल्यै थाहा पाउनुभयो कि नाई?
बाः त्यती सुन्या छैन । भनिहाले नी म रेडियो नै हो सुन्ने, खबर थाहा पाउन । रेडियोले जे भन्छ पत्याउँछु । यो गलत समाचार त मैले आजसम्म सुन्नु पर्या छैन । फेसबुक तीर आउँछ होला, मैले त्यो चलाउन जान्दीन ।

हामीः बा, फेसबुकमा समाचार हेर्नेहरु पनि धेरै छन् । अब तिनीहरुलाई सही समाचार र गलत समाचार कसरी छुट्टयाउने हो भन्ने बारे सिकाउनुपर्छ कि नाईं?
बाः सिकाउनु परि हाल्यो नि । कुन समाचार पत्याउने, नपत्याउने बारे त सिकाउनै पर्छ । विद्यालयमा पढाएजस्तै पढाउनुपर्छ । मेरो घरमा पनि केटाकेटीहरुले फेसबुक चलाउँछन् । यिनीहरुलाई पनि सिकाउनुपर्छ ।


The above mentioned conversation with Prem Bahadur Sherpa, provided us with a clear vision of how the digital age has directly contributed in the increment of mis/dis/malfinformation online. After this conversation we derived that traditional media still holds a significant place in delivering authentic news and information. Now that the current generation has shifted it’s source of consuming news from the traditional sources to the social media, it is essential to equip them with techniques and ideas to distinguish between authenctic information and information with distorted facts.

In a nutshell, the conversation with Mr. Sherpa added strength to our rationale behind Project Jagaran.

Leave a Comment

Your email address will not be published. Required fields are marked *